ताजा अपडेटः

२२ पुस
हेर्नुहोस sd

परिचय

    पूर्वाञ्चल विकास क्षेत्रअन्तरगत सगरमाथाका ६ वटा जिल्लाहरुमध्ये पूर्वी पहाडी भेगमा अवस्थित ओखलढुंगा जिल्ला त्रेता युगमा राजा जनकद्वारा शासित मिथिला राज्यमा पर्दथ्यो भन्ने किम्बदनती पाईन्छ । किराँतकालमा ओल्लो किराँत अन्तरगत पर्ने यो जिल्ला लिच्छवीकालमा राजा मानदेव प्रथमको राज्यमा पर्दथ्यो । मल्लकालमा राजा रण मल्लको पालामा भादगाउँ द्वारा शासित थियो ओखलढुंगा । लक्ष्मीनरसिंह मल्लको फौजले पूर्व पहाड विजय अभियानका लागि यसतर्फ पठाएका थिए । त्यसैबखत भीम मल्लको फौजले पूर्व विजय गर्दै यस क्षेत्रमा आइपुग्दा यहाँ तत्कालीन राज्य गरिरहेका किराँतहरुलाई लखेटेका थिए । उनको फौजले ठूलो ढुंगामा खाल्डो खनी धान कुटेर भात पकाई खाएकाले त्यही ढुङ्गाको ओखलको नामले यस जिल्लाको नाम ओखलढुंगा रहर गएको भन्ने जनश्रुति पाईन्छ । यस किम्बदन्तीसँग सम्बन्धित भिमंलठाना, चंन्दनेखोला तथा गढीडाँडा अझै अस्तित्वमा छन् । सदरमुकामस्थित वीरेन्द्रपार्क, ऐतीहासिक ढुंङ्गाको ओखल, १३१ मिटर अग्लो पोकली झर्ना, गौरीवन, युगकवि सिद्धिचरणको प्रतिमा र ककनी देवीको मन्दिर यस जिल्लाका महत्वयूर्ण धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थलहरु हुन् । नेपाल अधिराज्यको एकिकरण पछि शासकीय सुधार गर्ने क्रममा भीमसेन थापाको मुख्तियारीमा बाँडिएका अधिराज्यका ३९ जिल्लाहरुमध्ये पूर्व ३ नं. भनी चिनिने ओखलढुंगा तत्कालीन राजा महेन्द्रको पालामा वि.स.२०१८ सालमा नेपाल अधिराजयलाई १४ अञ्चल ७५ जिल्लामा वर्गीकरण गर्दा सगरमाथा अञ्चलको एक जिल्ला हुन गएको हो । ओखलढुंगा जिल्ला वि.स २०४० भन्दा अगाडि दुधकोसी वन डिभिजनको रुपमा रहेको थियो । वन विभागको बदलिदो संरचना अनुसार वि.स.२०४० सालमा आएर विकेन्द्रिकरणको सिद्धान्त अनुसार पाँचै वटा विकास क्षेत्रमा क्षेत्रिय वन निर्देशनालयको स्थापनासँगै यस जिल्लाको सुनकोशी वन डिभिजनको नाम परिवर्तन गरी जिल्ला कार्यालय (वन शाखा) ओखलढुंगा राखिएको थियो त्यस्तै वि.स. २०४३।०४४ सालमा पुन नाम परिवर्तन गरी जिल्ला पञ्चायत सचिवालय वन शाखा राखिएको थियो । हालको जिल्ला वन कार्यालय ओखलढुंगा नामावली २०४६ साल पश्चात मात्रै भएको हो । वि.स.२०५० र २०७० सालमा वन विभागको संगठनमा भएको सामान्य फेरवदल पश्चात हाल यस जिल्लामा जिल्ला वन कार्यालय अन्तरगत ८ वटा इलाका वन कार्यालयहरु मार्फ सम्पुर्ण वन क्षेत्रको वन सम्बन्धी कामकारवाही हुदै आएको छ ।

डाउनलोड

कार्यक्रम तथा समाचार